५ भदौ २०८३, शुक्रबार 1787355755
Banner

स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता झनै बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता अझ बढाएका छन् ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बालेनले १८ हजार ७ सय ९५ मत पाएका छन् भने उनलाई नेकपा एमालेका केशव स्थापितलाई ९ हजार १ सय ९९ मतले पछि पारेका छन्। ४८ हजार ३०१ मत गणनामा स्थापितले ९५९६ मत पाएका छन्। यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९१७२ ले मत पाएकी छन्। उनी स्वतन्त्र उम्मेदवारभन्दा ९६२३ मतले पछि छन् भने केशव स्थापितभन्दा ४२४ मतले पछि छन्।

उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्। उनले १६ हजार २७६ मत पाउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५२३३ मत पाएर पछ्याइरहेका छन्।