१ जेष्ठ २०८३, शुक्रबार 1778897011
Banner

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो ।

सोमबारदेखि लागू हुने गरी डिजेलरमट्टीतेलमा प्रति लिटर रु। ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु। १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।

पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एल. पि.ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।