११ श्रावण २०८३, सोमबार 1785201564
Banner

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्।

शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान लाओका राष्ट्रपतिसँग भेट गरेका हुन्। ओलीले सिसौलिथसँग दुई पक्षीय वार्ता गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।

यसअघि ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्। सोमबार ओलीले एससिओ शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।