१० श्रावण २०८३, आइतबार 1785103711
Banner

सभामुखले बोल्दाबोल्दै रोके माओवादी सांसद छिरिङलामु लामालाई

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद  छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै रोकेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् ।

सांसद लामाले आकस्मिक समयमा बोल्दा सभामुखलाई टिपाएको विषय भन्दा फरक विषय बोलेको भन्दै रोकेका हुन् । लामा बोल्दै गर्दा पहिला सभामुख घिमिरेले विषय सम्झाएका थिए । उनले सांसद लामालाई बोल्दै गर्दा निर्देश गर्दै भनेका थिए,  ‘माननीयज्यू जे विषय माग गर्नुभएको छ, त्यही विषयमा जान निर्देश गर्दछु ।’

उनको निर्देशनपछि सांसद लामाले आफ्नो विषय आउनै लागेको बताए पनि विषय प्रवेश नगरेपछि सभामुखले रोकेका हुन् । ‘तपाईंले मलाई दिएको विषय र तपाई बोलेको विषय मिलेन, त्यसैले तपाईं बस्नुस्,’ सभामुख घिमिरेले सांसद लामालाई भने ।