३ भदौ २०८३, बुधबार 1787162248
Banner

दर्ता गर्न नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं-सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। फेसबुकलगायत सामाजिक सञ्जालहरू नेपालमा दर्ता गर्न सम्पर्कमा नआएकोले सरकारले बन्द गर्ने निर्णय गरेको हो।

फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल बन्द गर्ने निर्णय भएको हो। सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो। उक्त गएराति १२ बजे नै सकिएको छ।  

सरकारले यही भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको म्याद दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि समय दिएको थियो। त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो।

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन्।