३ भदौ २०८३, बुधबार 1787179478
समाचार

वृद्धभत्ताभन्दा पनि ठूलो आवश्यकता सामाजिक सञ्जाल हो : दुर्गा प्रसाईं

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ७० वर्ष नाघेका बुबाआमालाई वृद्धभत्ताभन्दा पनि ठूलो आवश्यकता सामाजिक सञ्जाल भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले परिवार टाढा भए पनि सामाजिक सञ्जालले भावनात्मक सम्बन्ध कायम राखेको बताए।

प्रसाईंले विदेशिएका छोराछोरी, नातिनातिनीसँग अनुहार हेरेर खुसी साटासाट गर्ने एक मात्र बाटो बनेको सामाजिक सञ्जाललाई सरकारले बन्द गर्नु भनेको जघन्य अपराध सरह भएको भनाइ राखे।

‘आज ७० वर्ष नाघेका बुबाआमालाई वृद्धभत्ताभन्दा पनि ठूलो आवश्यकता सामाजिक सञ्जाल हो। परिवार टाढा भए पनि यही माध्यमले भावनात्मक सम्बन्ध कायम राखेको छ। विदेशिएका छोराछोरी, नातिनातिनीसँग अनुहार हेरेर खुसी साटासाट गर्ने एक मात्र बाटो बनेको छ सामाजिक सञ्जाल,’ उनले भने, ‘त्यही सञ्जाल बन्द गर्नु भनेको जघन्य अपराध सरह हो।’