११ जेष्ठ २०८३, सोमबार 1779758478
अर्थ

तोलामा २५ सय रूपैयाँले बढ्दै सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडाैं । बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य शुक्रबार बढेकाे छ । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य प्रतिताेला २५०० रूपैयाँले बढेकाे हाे।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे २ लाख १० हजार ४ सय रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७ हजार ९ सय रुपैयाँमा स्थिर रहेको थियो ।

यस्तै आज चाँदीकाे प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।