३ भदौ २०८३, बुधबार 1787130058
Banner

एमालेको विधान महाधिवेशन आज सकिर्दै, छलफलमा उठेका प्रश्नको अध्यक्षले जवाफ दिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुईदिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो। 

महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ। प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन्।

समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् ।  अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रस्ताव पेस गरेका थिए । जसमाथि १० समूह गठन गरेर छलफल भइरहेको छ । समसामयिक प्रस्ताव तयार पार्न योगेश भट्टराईको नेतृत्वमा  गठित समूहले तयार पारेको प्रस्ताव पनि महाधिवेशनमा पेस हुँदै छ ।  

बैठकले राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेपछि महाधिवेशन सकिनेछ ।