काठमाडौँ । अभिनेता पल शाहले जेनजी पुस्ताले आज गर्न लागेको प्रदर्शनलाई समर्थन गर्दै उक्त प्रदशनमा सहभागिहरुलाई खानेपानी वितरण गर्ने भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक पोस्टमार्फत भनेका छन्, जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा हाम्रो चलचित्र ‘मोहर’ले नैतिक समर्थन गर्दै बानेश्वर र माइतीघर मण्डलामा खानेपानी वितरण गर्ने भएका छौँ’
उनले जेनजी पुस्ताले गर्न लागेको भ्रष्टाचार विरोधी, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने सरकारको प्रयासविरुद्धको जेनजी पुस्ताको प्रदर्शनलाई समर्थन जनाएका हुन् ।
आज काठमाडौंको माइतीघर मण्डला र नयाँ बानेश्वरमा जेनजी पुस्ताहरु वृहत्त प्रदर्शनी गर्ने भएका छन् । अभिनेता शाहले भनेका छन्, ‘हामी तपाईको साथमा छौँ’


