२७ भदौ २०८३, शनिबार 1789237393
Banner

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । मंगलबारदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे ३ बजेबाट विमानस्थल खुला गरेको हो।

विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गर्न पनि आह्वान गरेको छ।

ुहवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुनसमेत अनुरोध छ, प्राधिकरणको विज्ञप्तिमा भनिएको छ।