३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:07 am
Banner

कुलमान र हर्कको पक्षमा शीतल निवास अगाडि युवाहरूको नाराबाजी

सूचना प्रेस २०८२ भदौ २७ शुक्रबार ००:००, १८:३० बजे १ मिनेट पढाइ

काठमाडौँ । उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन् ।

शुक्रबार उनीहरुले शीतल निवास अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन् । युवाहरूले अन्तरिम सरकार प्रमुखका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई बनाउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । युवाहरूको नाराबाजीपछि नेपाली सेना भने रोक्ने प्रयाससहित तयारी अवस्थामा छ ।