काठमाडौं । नेपाली सेनाले उपत्यकासहित विभिन्न जिल्लामा जारी गरेको कर्फ्यू र निषेधाज्ञा हटाएको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न सेनाले चार दिनदेखि दैनिक रूपमा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्दै आएको थियो । तर शनिबार साँझपछि नयाँ सूचना नआएपछि आज बिहान ६ बजेदेखि कर्फ्यू हटेको सेनाका प्रवक्ता राजाराम बस्नेतले पुष्टि गरे ।
कर्फ्यू र निषेधाज्ञा हटेसँगै आज बिहानैदेखि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ र जनजीवन सामान्य बन्दै गएको छ ।
यसअघि अत्यावश्यक कामका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म मात्र आवागमन खुला गरिँदै आएको थियो । बाँकी समयमा निषेधाज्ञा र कर्फ्यू लागू थियो ।


