२७ भदौ २०८३, शनिबार 1789233702
Banner

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भन्नुभयो –बंगारा झार्नुपर्थ्यो नि

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो भन्नुभएको छ।

बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि शुक्रबार कार्कीले जेनजी आन्दोलनका घाइतेलाई भेट्न पुग्नुभएका हो ।

घाइते भेट्नेक्रममा सिभिल अस्पताल पुग्दा प्रधानमन्त्रीले एक घाइतेसँग गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको समयमा हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै उहाँको आलोचनासमेत भएको छ।


सामाजिक सञ्जालमा सार्वजनिक छोटो क्लिपमा कार्कीलाई देख्ने बित्तिकै सिभिल अस्पतालमा उपचाररत घाइते युवाले नमस्कार गर्छन्।

नमस्कार गरे लगत्तै प्रधानमन्त्री कार्कीले भन्नुभएको छ– मोटो रहेछ मान्छे त। बंगारा झार्नुपर्थ्यो नि ,’ त्यसभन्दा अगाडि र पछाडि संवाद भने भिडियोमा छैन।