२० आश्विन २०८३, मंगलबार 9:53 am
समाचार

सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं, २९ भदौ । सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द भएको जानकारी दिएको हो ।

जेन-जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।