११ श्रावण २०८३, सोमबार 1785131441
Banner

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौँ । जनेजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको निधन भएको छ।

मुख्यसचिव एकनारायण अर्यालका अनुसार, आन्दोलनको क्रममा प्रदर्शनकारी, कैदीबन्दी र सुरक्षाकर्मी गरी कुल ७२ जनाले ज्यान गुमाएका हुन्। आइतबार सिंहदरबारमा आयोजित नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले १९१ जना घाइतेको हाल उपचार भइरहेको जानकारी पनि दिए।

उनले भने, “अहिलेसम्मको रेकर्डअनुसार प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जनाले सहादत प्राप्त गर्नुभएको छ।”