५ आश्विन २०८१, शनिबार 1726899045
Banner

मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

विराटनगर । मोरङ बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राइले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याएका छन् ।

यसैगरी नगरको उपप्रमुखमा कांग्रेसकी ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छन् । उनले १३ हजार ७३१ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी ५० वर्षीया तीलकुमारी नेउपानेले १३ हजार ६०५ मत प्राप्त गरी पराजित भइन् ।