२७ भदौ २०८३, शनिबार 1789212299
Banner

अमेरिकी उपमन्त्री जिया काठमाडौं आइपुगिन्

काठमाडौं । अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

भारतको हिमाचल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन्।

हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन्।

जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन्। नेपाल बसाईका क्रममा अमेरिकी उपमन्त्री जियाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।