काठमाडौं । जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ। माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो। जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ।



