५ आश्विन २०८१, शनिबार 1726980741
Banner

६७० स्थानीय तहको मत परिणाम सार्वजनिक, कस्को कति ?

काठमाडौं । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा शुक्रवार साँझसम्म ६७० स्थानीय हको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामले कांग्रेसलाई पहिलो पार्टीका रुपमा उभ्याएको छ ।

कांग्रेसले ३०० स्थानीय तहको नेतृत्व जितेको छ । एमालेले १८५ स्थानीय तहको नेतृत्व जितेको छ । नेकपा माओवादी केन्द्रले ११४ स्थानीय तहमा नेतृत्व जितेर आफूलाई तेस्रो स्थापित गरेको छ ।

यसैगरी, जनता समाजवादी पार्टीले अहिलेसम्म २० स्थानीय तह जित्दै आफूलाई चौथो शक्तिका रुपमा उभ्याएको छ भने नेकपा एकीकृत समाजवादी १५ स्थानीय तह जितेको छ ।