२७ भदौ २०८३, शनिबार 1789230852
Banner

देउवाको टाउकोमा १२ वटा टाँका लगाइयाे

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले हुनाले टाउकोमा १२ वटा टाँका लगाइएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूलाई सभापति देउवाको स्वास्थ्य अवस्थाबारे उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराउनु भएको हो। उहाँले ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराउनु भयाे।

जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको थियो।