२७ भदौ २०८३, शनिबार 1789229335
Banner

नख्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या

काठमाडौं । नख्खु कारागारबाट जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन्।

कारागारबाट फरार भएका सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेको पाइएको डीएसपी मिन घलेले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। जिल्लाको पनौती नगरपालिका१२ कलाँतीस्थित घरको पछाडि करेसामा गाडिएको अवस्थामा श्रीमती जमुनाको शव फेला परेको छ। ३२ वर्षीया जमुना तीन दिनदेखि सम्पर्कमा नआएपछि खोजी गर्दा गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।