३ भदौ २०८३, बुधबार 1787130424
समाचार

महिला हिंसासम्बन्धी भिडियोको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं। गृह मन्त्रालयले केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

सो भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ। समितिले शुक्रबारबाटै काम सुरु गरेको जानकारी पनि गृह मन्त्रालयले दिएको छ।