९ मंसिर २०८१, आइतबार 1732465352
Banner

काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ३३ हजार २६० मत

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन शाहले अग्रता कायम राखेका छन् । ९० हजार २९२ मतगणना गर्दासम्म बालेनको अग्रता कायम छ ।

स्वतन्त्र उमेदवार बालेनले ३३ हजार २६० मत पाएका छन् । एमाले उमेदवार केशव स्थापितले १७ हजार ६९२ मत प्राप्त गरेका छन् । कांग्रेस उमेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । अहिलेसम्म काठमाडौंका १० वटा वडाको अन्तिम परिणाम आइसकेको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा छन । १ देखि ५ वडामा एमाले विजयी बनेको छ ।