२ जेष्ठ २०८३, शनिबार 1778915279
Banner

मुग्लिन–नारायणघाट सडकमा फेरि ठुलो पहिरो खस्यो

काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक तुइन खोला पुल नजिकै मङ्गलबार साँझ ५ बजे फेरि ठुलो पहिरो झरेको छ । पहिरो झरेसँगै सडक आवागमन दुईतर्फी बन्द भएको छ । निरन्तर रूपमा  पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ । 

वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ । यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।