३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:17 pm
Banner

नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने

सूचना प्रेस २०८२ आश्विन १० शुक्रबार ००:००, ०९:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ । नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको छ । यसअघि म्यानुअल रूपमा हुँदै आएको भेरिफिकेसनलाई अहिले स्वचालित बनाइएको नागरिक एपले जनाएको छ । भाद्र २४ गते भएको तोडफोडपछि अहिले नागरिक एप सहायता केन्द्र बन्द गरिएको छ। अहिले कुनै पनि फोन वा इ-मेल मार्फत प्रत्यक्ष सेवामा उत्तर दिन असमर्थ रहेको जनाइएको छ । 

यो अवस्थामा कसैको फोटो अस्वीकृत भएमा एमआरपी साइजको डिजिटल  फोटो पुनः अपलोड गर्न अनुरोध समे गरिएको छ । छिटै सहायता केन्द्र फेरि सञ्चालनमा ल्याउने प्रयत्नमा गरिरहेको नागरिक एपले जनाएको छ ।