३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:33 pm
Banner

रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा

सूचना प्रेस २०८२ आश्विन १० शुक्रबार ००:००, १३:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए ।

‘प्रभातजीले आज राजीनामा दिनुभएको हो । तर के कारणले राजीनामा दिएको भन्ने कुरा खुलेको छैन’, बोहराले भने । यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।