१८ असार २०८३, बिहिबार 1782978445
Banner

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष विजया दशमीको टीका नलगाउने घोषणा गरेकी छन् । हालै, जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको पीडा ताजै रहेकाले यस वर्ष टीका नलगाउने र नागरिकलाई पनि टीका नलगाइदिने कार्कीको सचिवालयले सोमबार विज्ञप्तिमार्फत जनाएको छ । 

‘बडादशैं प्रत्येक वर्ष हसर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवा पुस्ताको आन्दोलनका क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ। तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडादशैंको टीका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ,’ कार्कीको सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

उनले बडादशैंको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएकी छिन्। दशैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन मद्दत गरोस् भन्ने उनको कामना छ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवा पुस्ताको अभूतपूर्व आन्दोलनको जगमा गठन भएको स्मरण गर्दै तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रतिबद्धता दोहोर्‍याएको विज्ञप्तिमा उल्लेख छ । साथै, सुशासन कायम गर्ने दिशामा सरकार दृढ रहेको पनि कार्कीको भनाइ छ ।