३ भदौ २०८३, बुधबार 1787182537
Banner

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

चितवन । महाअष्टमीको दिन मंगलबार साँझ करिब ७:३० बजे मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला पुल नजिक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने मेशिन घटनास्थलतर्फ पठाइएको छ। सडक डिभिजनले अवरुद्ध सडक छिट्टै खुलाउने तयारी भइरहेको जनाएको छ।

‘राेकिएका सवारीसाधनहरू कृपया संयमित भई लेन अनुशासन पालना गर्नुहुन अनुरोध गर्दछौं,’ सडक डिभिजन भरतपुरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।