२७ भदौ २०८३, शनिबार 1789246025
Banner

फिलिपिन्समा शक्तिशाली भूकम्प, २६ जनाको मृत्यु

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर मृत्यु हुनेको संख्या २६ पुगेको छ। रातको समय भएकाले उद्धारमा कठिनाइ भएकाले एकिन विवरण आइनसकेको समाचारमा उल्लेख गरिएको छ। अहिले उद्धारको काम भइरहेको छ। बाँकी विवरण आउन बाँकी छ।