काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । जवाङ खोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा पानी परिरहेको छ । “केही स्थानमा सामान्य ढुंगाहरू झरेका छन् । सवारी आवागमन संचालनमा रहेको छ,” सडक डिभिजन कार्यालय भरतपुरले भनेको छ, “पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।”


