काठमाडौं, १९ असोज । काठमाडौंको नागढुङ्गा नाकाबाट सावरीसाधन चल्न थालेका छन् । अविरल वर्षापछि सम्भावित जोखिमलाई मध्यनजर गरेर रोकिएका गाडीलाई धादिङतर्फ पठाइएको प्रहरीले जनाएको छ । सरकारले हिजो बिहानदेखि नागढुङ्गा नाका बन्द गरेको थियो ।
आज घाम लागेपछि पनि गाडी चल्न नदिएको भन्दै यात्रुको विरोध जनाएका थिए । विरोधपछि बीच बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतिर पठाइएको हो । काठमाडौंबाट बाहिर जाने लामो दूरीका सवारीसाधनलाई भने नयाँ बसपर्कमा रोकिएको छ ।
त्यस्तै, साँघामा गएको पहिरो पन्छाएर अरनिको राजमार्ग सञ्चालनमा ल्याइएको छ ।


