१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:07 am
Banner

कोशीमा बाढी पहिरो, ४३ जनाको मृत्यु,

सूचना प्रेस २०८२ आश्विन १९ आइतबार ००:००, २२:२६ बजे १ मिनेट पढाइ

कोशी प्रदेशमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता दीपक पोख्रेलका अनुसार, बाढी पहिरोका कारण हालसम्म ४३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् भने ३ जना बेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा १९ जना पुरुष, १७ जना महिला, ३ जना बालक र ४ जना बालिका रहेका छन् ।

सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा भएको छ । इलाममा ३७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, पाँचथरमा ३ जना, उदयपुरमा २ जना, तथा मोरङ र खोटाङमा १र१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । बाढी पहिरोमा परी घाइते भएका १० जनामध्ये ५ जना पुरुष र ५ जना महिला छन् ।

घाइते हुनेमा इलाममा २ जना छन् । १ पुरुष, १ महिला छन् ।