१ जेष्ठ २०८३, शुक्रबार 1778889683
Banner

खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड

काठमाडौं । नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । आज बिहान ६ बजेबाट यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण यी  सडकमा पहिरोको उच्च जोखिम हुने भन्दै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।  

यातायात सञ्चालनमा आएसँगै १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन् ।