५ आश्विन २०८१, शनिबार 1726971552
Banner

७ सय १५ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय १४ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय १४, नेकपा एमालेले १ सय ९३, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २९, नेकपा एकीकृत समाजवादीले १७ र अन्यले ४२, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९१, नेकपा एमालेले २ सय १७, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३० र अन्यले ४८ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय ७०,  नेकपा एमाले २ हजार ६२, नेकपा माओवादी केन्द्र १ हजार ३४, जनता समाजवादी पार्टी २ सय ८० र अन्य ५ सय ६४ गरी ६ हजार ५ सय १० जना विजयी हुनुभएको आयोगले जनाएको छ ।