१० श्रावण २०८३, आइतबार 1785093022
Banner

इफेल टावरको टुप्पोमा धान-कोदो फल्दैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा बनाइएका भ्यु टावर इतिहास भएको बताउनु भएको छ ।

कवि मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टर्डे’ विमोचन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्यु टावरको विरोध गर्नेहरुले इतिहास बिर्सेको टिप्पणी गर्नुभयो । उहाँले ‘इफेल टावर र वासिङटन टावर’ बनाउनेहरु बुद्धि नभएकै हुन् त भनेर आलोचकहरुलाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो– भ्युटावर बनाउँदिन, भ्युटावर बनाउने काम छैन । इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए । बुद्धि नभएका रहेछन् कि क्या हो ?’

उहाँले इफेल टावर फ्रान्सको प्रतिक भएको भन्दै जसले फ्रान्सलाई अरबौको आम्दानी दिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘त्यो भ्युटावर भन्दा अरु केही होइन, टुप्पामा धान फल्दैन । कोदो पनि फल्दैन, अलिक तल मकै फल्दैन । आँप लिची पनि फल्दैन, पैसा मात्रै फल्छ भ्यु टावरमा ।’

अध्यक्ष ओलीले टावरहरूमा इतिहास र हाम्रो उचाई हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘इतिहास, ऐतिहासिक धरहरा, धरोहर, हाम्रो उचाई । थुप्रै कुराहरु त्यसभित्र हुने गर्छन् ।’