३ भदौ २०८३, बुधबार 1787142406
समाचार

आमाको हत्या अभियोगमा जेन्जी आन्दोलनका भाइरल युवा पक्राउ

काठमाडौँ : जेनजी आन्दोलनमा अग्रभागमा रही प्रहरीसँग विवाद गरेका भाइरल युवाले नै आमाको बीभत्स हत्या गरेको पाइएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ५५ वर्षीया आमा राममाया कँडेलको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका ३० वर्षीय यमबहादुर कँडेल जेनजी आन्दोलनमा प्रहरीसँग विवाद गरेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले जानकारी दिए।

यमबहादुर गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा उनले प्रहरीसँग विवाद गरिरहेको भाइरल भिडिओहरूमा देख्न सकिन्छ। भिडिओमा उनले प्रहरीसामु उभिएर ‘मेरो आँखामा डर छ? ल हेर्नुस् म डराएको छु? म मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिनँ’ भन्दै गरेको देख्न सकिन्छ। यमबहादुरले आइतबार राति धारिलो हतियार खुँडाले आमाको हत्या गरेको एसपी रिजालले बताए। उनका अनुसार प्रहरीले घटनास्थलबाट हतियारसहित यमबहादुरलाई नियन्त्रणमा लिएको छ।