२६ भदौ २०८३, शुक्रबार 1789175664
समाचार

गुडिरहेको कारमा आगलागी

असोज २७ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदनभण्डारी राजमार्गमा गुडिरहेको कारमा आगलागी भएको छ । 

इलामबाट काठमाडौतर्फ जाँदै गरेको बा. ९ च. ८६६८ नम्बरको फोर्ड कम्पनीको भिभो कारमा आगलागी हुँदा कार पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार इलामको चुलाचुली गाउँपालिका–५ का कार चालक ४२ वर्षिय प्रेम सेन्चुरी उहाँकी श्रीमती वर्ष २७ की अनिता सेन्चुरी, छोरा वर्ष १४ का आयुष सेन्चुरी सकुशल रहेका छन् । 

निजका सानो छोरा वर्ष ७ का आरोन सेन्चुरी सामान्य घाइते भएकाले उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले बताउनुभयो ।