१८ आश्विन २०८३, आइतबार 3:50 pm
Banner

विपिन जोशी जीवित नरहेको इसराइली सेनाद्धारा जानकारी

काठमाडौं। इजरायलमा हमासद्वारा नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायली सेनाका (आईडीएफ) एक अधिकारीले स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएका हुन्।

नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितका अनुसार, आईडीएफका अधिकारीले यो सूचना नेपाली राजदूत, अमेरिकामा रहेका विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीसँग भिडियो कन्फरेन्समार्फत साझा गरेका थिए।

राजदूत पण्डितका अनुसार “आईडीएफका अधिकारीले हामीलाई विपिन ‘ईज नो मोर’ भने।”