गाजा । हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । दुई वर्षअघि हमासको कब्जामा रहेका जोशी जीवित नरहेको पाइएको हो ।

हमासको सशस्त्र समूह कस्साम ब्रिगेडले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा मृत घोषित गरिएका चार बन्धकका नाममा विपिनको नाम पनि समावेश छ । विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र समूह कस्साम ब्रिगेडले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको छ ।
ब्रिगेडले आज चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा समेत गरेको छ । हमासले मृत इजरायली बन्धकहरूका केही शव अझै आफ्नै नियन्त्रणमा रहेको जनाएको छ ।
यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ ।


