धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–३ निगालेस्थित सडकमा विराटनगरबाट जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको बस अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा महालक्ष्मी नगरपालिका–६ बस्ने ५५ वर्षीया गंगा कार्की र सोही नगरपालिका–७ बस्ने ६० वर्षीय डिल्ली बराल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


