२७ कार्तिक २०८१, मंगलबार 1731424826
Banner

मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन कसुरमा मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बलात्कारको आरोप लागेका पाण्डेविरुद्ध हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी थिइन् । यसअघि पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएकी हुन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ।