४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:23 am
Banner

जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुँदैन : अध्यक्ष ओली

सूचना प्रेस २०८२ कार्तिक १ शनिबार ००:००, १९:३२ बजे १ मिनेट पढाइ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म चुनाव हुन नसक्ने बताएका छन्। एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष ओलीले अहिले देशमा चुनावका स्थिति नभएको पनि बताए। त्यसैले एमालेले विघटित संसद्को पुनर्स्थापनाको माग उठाएको उनले बताए।