७ कार्तिक २०८१, बुधबार 1729729290
Banner

अग्रता फराकिलो बनाउँदै बालेन, ल्याए ४८ हजार ८९ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४८ हजार ८९ मत पाएका छन् । दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २९ हजार १८० मत पाएकी छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २८ हजार ३२६ मतका साथ तेस्रो स्थानमा छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेका उमेदवार सुनिता डंगोलले ४४ हजार ७ सय ५ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्धन्दी गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार २ सय ८२ मत पाएका छन् । मतगणना अझै जारी छ ।