२ जेष्ठ २०८३, शनिबार 1778915522
समाचार

बाघको आक्रमणबाट चितवनमा महिलाको मृत्यू

चितवन -पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव सोमबार जंगलमा भेटिएको हो। बोटेलाई आइतबार दिउँसो २ बजे बाघले आक्रमणले आक्रमण गरी वेपत्ता बनाएको थियो।
बाघले आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर फूलकुमारीको खोजी गरिएको थियो।
हात्तीसहितको टोलीको खोजपछि वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।