नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ३९ पैसा र बिक्रीदर १४० रूपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रूपैयाँ १३ पैसा र बिक्रीदर १६३ रूपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १८८ रूपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ १८ पैसा र बिक्रीदर ९१ रूपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १०० रूपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ २५ पैसा र बिक्रीदर १०८ रूपैयाँ ७१ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रूपैयाँ २४ पैसा र बिक्रीदर नौ रूपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७२ पैसा र बिक्रीदर १९ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६८ पैसा कायम भएको छ ।
साथै, थाइ भाट एकको खरिददर चार रूपैयाँ २९ पैसा र बिक्रीदर चार रूपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ २२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ २० पैसा र बिक्रीदर ३३ रूपैयाँ ३४ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८१ पैसा र बिक्रीदर नौ रूपैयाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ९१ पैसा र बिक्रीदर १४ रूपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ८४ पैसा र बिक्रीदर २१ रूपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०६ पैसा र बिक्रीदर १८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रूपैयाँ २७ पैसा र बिक्रीदर ४६० रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रूपैयाँ, ओमनी रियाल एकको खरिददर ३६४ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६६ रूपैयाँ १९ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


