१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
समाचार

चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

सूचना प्रेस २०८२ कार्तिक ८ शनिबार ००:००, १३:१९ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रहरीले भक्तपुरको जगातीबाट चोरी मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–१२ घर भएका २९ वर्षीय सुमन दर्जी छन् ।

उनी भक्तपुरको सुर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा बस्दै आएका थिए । शुक्रबार उनलाई जगाती चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले बताए ।

शुक्रबार पक्राउ परेका उनलाई प्रहरी वृत्त जगातीमा राखिएको छ ।  अदालतले उनलाई १ महिना १५ दिन कैद र १५ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।