२९ जेष्ठ २०८३, शुक्रबार 1781310313
Banner

मन्त्री सिफारिसमा विवाद: खगेन्द्र सुनारबारे प्रधानमन्त्री कार्कीको आकस्मिक छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाम विवादमा मुछिएपछि प्रधानमन्त्री सुशीला कार्की आकस्मिक छलफलमा पुगेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सुनारलाई मन्त्रीको रूपमा शपथ खुवाउने कि नखुवाउने भन्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

यसअघि प्रधानमन्त्री कार्कीले सुनारसहित चार जनाको मन्त्रीका लागि सिफारिस गरेकी थिइन्। तर सुनारविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता भएको र उनी प्रहरीको फरार सूचीमा रहेको जानकारी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

प्रधानमन्त्री कार्कीले अन्य तीन जनालाई भने मन्त्रिपरिषद्मा समावेश गरिसकेकी छन्। डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपति लाल श्रेष्ठलाई भूमिसुधार मन्त्रालय र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।