१९ असार २०८३, शुक्रबार 1783097795
अर्थ

तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब ६४ करोड रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको २०८२ साउनदेखि असोज मसान्तसम्मको तथ्यांकअनुसार उक्त परिमाणमा तरकारी आयात भएको छ  ।

जसमा हरियो तरकारी, दाल तथा गेडागुडी रहेका छन् । यसमध्ये सबैभन्दा धेरै आलु प्याज २ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ बराबरको १२०८३१.५५ मेट्रिक टन आलु आयात भएको छ । यस्तै १ अर्ब ८० करोड ६९ लाख रुपैयाँको ४४१०७.७३ मेट्रिक टन प्याज आयात भएको छ ।

५९ करोड ४९ लाख रुपैयाँको ६१२३.२९ मेट्रिक टन मुसुरो दाल, ८२ करोड ३० लाख रुपैयाँको ६९८८.५३ मेट्रिक टन राज्मा, ६८ करोड ५३ लाख रुपैयाँको ७१८.५५ मेट्रिक टन चना, ५० करोड ६७ लाख रुपैयाँको ३८१९.३७ मेट्रिक टन लसुन आयात भएको विभागले जनाएको छ ।