२६ भदौ २०८३, शुक्रबार 1789161328
Banner

प्रधानमन्त्री कार्कीले गरिन् छठ पूजा

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन्।

प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन्।

प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको हो।

काठमाडौंको कमलपोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ।