१७ आश्विन २०८३, शनिबार 6:03 pm
Banner

सवारी साधनको भाडा फेरि बढ्यो (सूचीसहित)

काठमाडौँ- सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले जेठ १० गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ।

विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ।